दर्पण संवाददाता
चरिकोट, ७ फागुण रासस
नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाले आफनै भवन निर्माण गरी आज गृह प्रवेश गरी आफ्नै भवनमा सरेको छ ।
दोलखा सदरमुकाम चरिकोट स्थित लामाचौर सामुदायिक वन परिसरमा २०० वर्गमिटर क्षेत्रफलमा भवन निर्माण गरी आज गृह प्रवेश कार्यक्रमको आयोजना गरी नवनिर्मित भवनमा सरेको हो । सुचना प्रविधी सहितको वहु उदेश्य सहित निर्माण भई रहेको सुविधा सम्पन्न भवनमा हाल नव निर्मित भवनमा हल सहित आठ कोठा रहेको छ ।
स्थानीय सरकार सहित विभिन्न संघ, संस्था, निकायहरुको सहयोगबाट निर्माण गरिएको भवनबाट विधिवध रुपमा कार्यालय सञ्चालन सुरु गरिएको नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाका अध्यक्ष जीवन लामाले बताउँनु भयो । भवन निर्माणका लागि लामाचौर सामुदायिक वन उपभोक्ता समुहले जग्गा उपलब्ध गराएको भियो ।

पाठ पुजा गरी नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य चिरञ्जीवी मास्केले रिवन काटी भवन प्रवेश गरिएको थियो । भवन निर्माणका लागि ६० लाख भन्दा बढी खर्च भएको नेपाल पत्रकार महासंघले जनाएको छ । भवन निर्माणका लागि सहयोग गर्ने स्थानिय सरकार, विभिन्न संघ संस्था व्यक्तिहरुलाई महासंघ दोलखाले धन्यवाद ज्ञापन गरेको छ ।