नेपाल पत्रकार महासंघ दोलखा र दोलखा फुटवल संघ विच मैत्रीपूर्ण फुटवल प्रतियोगिता

चैत ३
नेपाल पत्रकार महासंघ दोलखा र दोलखा फुटवल संघ विच मैत्रीपूर्ण फुटवल प्रतियोगिता सदरमुकाम चरिकोटमा आज सम्पन्न भएको छ ।
पत्रकार र फुटवल संघका पदाधिकारी वीच भएको मैत्रीपूर्ण खेलमा जिल्ला फुटवल संघ विजेता भएको छ भने नेपाल पत्रकार महासंघ दोलखा उपविजेता भएको छ ।

 

प्रतियोगीताका विजेतालाई ट्रफि मेडल र प्रमाण पत्र प्रदान गरीएको छ भने खेलमा सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरीएको छ । दोलखा खेलकुदमा हामी संगसंगै भन्ने दोलखा फुटवल संघको अभियान अन्र्तगत फुटवल प्रतियोगिताको आयोजना गरीएको हो । नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष जिवन लामाको अध्यक्षतामा भएको प्रमाणपत्र वितरण कार्यक्रममा भीमेश्वर नगरपालीकाका प्रमुख भरत केसी, सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटुवाल, जिल्ला फुटवल संघ दोलखाका अध्यक्ष गोविन्द श्रेष्ठ लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।