नेपाल निर्माण उद्योग परिषद दोलखाको प्रथम अधिवेशन सम्पन्न

नेपाल निर्माण उद्योग परिषद दोलखा शाखाको प्रथम अभिवेशन आज चरिकोटमा सम्पन्न भएको छ ।

नेकपा एमाले निटक निर्माण व्यवासायीहरुको संगठन नेपाल निर्माण उद्योग परिषदको प्रथम अभिवेशन परिषदका जिल्ला इन्चार्ज मुरारीराज शिवाकोटीको अध्यक्षतामा चरिकोटमा सम्पन्न भएको होे । नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा चरिकोटमा आयोजना गरिएको प्रथम अभिवेशनमा दोलखामा सक्रिय एमाले निकट निर्माण व्यवसायीहरुको सहभागीता रहेको थियो । कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै पाटी अध्यक्ष नर बहादुर श्रेष्ठले सवै जना पार्टी निर्माण अभियान संगै आफनो सिप क्षमता अनुसार व्यवसायमा लाग्नुपर्ने बताउनु भयो । कार्यक्रमलाई दोलखा उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष सुन्दर कार्की, निर्माण व्यवसायी संघ दोलखाका वरिष्ठ उपाध्यक्ष छवि मोक्तान, एमाले नेता श्याम उप्रेती लगाएतले सम्वोधन गर्नु भएको थियो ।

अभिवेशनले प्रविन खड्काको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ । प्रथम अधिवेशनबाट प्रविध खड्का अध्यक्ष, हर्कमान तामाङ पाख्रिन उपाध्यक्ष, सुजन श्रेष्ठ महासचिव, नर्सिङ खत्रि सचिव, गनेश शिवाकोटी कोषाध्यक्ष चयन हुनुभएको छ भने सदस्यहरुमा केशव कुमार काकी, उमेश भुजेल, राजु तामाङ, सुजन गुरुङ लगाएत रहनु भएको छ ।