दर्पण संवाददाता
सुरि, ६ फाल्गुन
नेपाल घरेलु तथा साना उधोग महासंघ गौरिशंकर गाउपालिकाको अध्यक्षमा सुन्दर खड्का चयन हुनु भएको छ ।
गौरिशंकर गाउपालिका को कार्यालय सुरिमा आज भएको साधारन सभाले सुन्दर खड्काको अध्यक्षतामा १७ सदस्य कमिटि गठन गरेको छ । कमिटीको उपाध्यक्षमा छिरिनाम्गेल शेर्पा, सचिबमा अशोक तामाङ र कोषाध्यक्षमा बिशाल खड्का रहनु भएको छ ।
दोलखाको प्रत्येक स्थानिय तहमा घरेलु तथा साना उधोग महासंघको गठन गर्ने योजनाका साथ आज पहिलोपटक गौरिसंकर गाउपालिका सुरिमा कमिटि निर्माण गरेको महासंघ जिल्ला शाखा दोलखाका अध्यक्ष जंग गुरुङ्ले बताउनु भयो । पहिलो चरणमा गौरिशंकर गाउपालिकाबाट कमिटी निर्माणको अभियान सुरु भएको र फल्गुन १३ गते सम्म दोलकाको सबै स्थानिय तहमा कमिटी निर्माण गरि सक्ने गुरुङले बताउनु भयो ।
गौरिशंकर गाउपालिका प्रमुख स्वयम बहादुर खड्काको प्रमुख आतिथ्यता मा भएको कार्याक्रममा गौरिशंकर गाउपालिका बिभिन्न क्षेत्रका ब्यबसायि हरुको सहभागिता रहेको थियो ।