नेपालमा थप ९ जनामा कोरोना भाइरस पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो

चरिकोट जेठ ८
नेपालमा आज थप ९ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।
झापामा ८ र रुपन्देहीमा एक गरि थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षका छन् ।
थप ९ जना सहित नेपालमा कुल संक्रमितको संख्या ४५३ पुगेको छ भने ४९ जना निको भएर घर फर्की सकेका छ्न ।