नेकपा दोलखाद्धारा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम

दर्पण संवाददाता
चरिकोट, १२ असोज

नेपाल कम्युनिष्ट पार्टी दोलखाले शुभकामना आदन प्रदान तथा चियापान कार्यक्रमको सम्पन्न गरेको छ ।

विजय दशमी तथा शुभ दीपावली २०७६ को पावन आवसरमा आज घटस्थापनको दिन पारेर चरिकोटमा चियापन तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ । नेपालीहरुको महान पर्वको अवसरमा आयोजित चियापन तथा शुभकामना आदनप्रदान कार्यक्रममा दोलखा जिल्लाका सांसद, नेकपाका केन्द्रिय तथा जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरुको उपस्थिीति रहेको थियो । विभिन्न क्षेत्रमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरु विच भेटघाट गराउने र शुभकामना आदनप्रदान गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको नेकपा दोखाका सचिव गोपाल पाण्डेले बताउनु भयो ।

नेपाल कम्यूनिष्ट पार्टी दोलखाले प्रत्येक वर्ष चियापन तथा शुभकामना आदन प्रदान कार्यक्रमको आयोजना गदै आएको छ ।