दर्पण संवाददाता
चरिकोट, असोज ४
नेपाल कम्युनिष्ट पार्टी दोलखाले स्थानिय तहका जनप्रतिनिधी तथा स्थानिय कमिटीका पदाधिकारीहरुलाई चरिकोटमा आयोजना गरेको दुई दिने प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ ।
नेपाल कम्यूनिष्ट पार्टी दोलखाको आयोजनामा हिजो र आज गरी दुई दिन स्थानिय तहका जनप्रतिनिधी, स्थानिय तह कमिटिका पदाधीकारी तथा जिल्ला कमिटिका सदस्यहरुका लागि प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो । प्रशिक्षण कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टीका स्थायी कमिटि सदस्य तथा स्कुल विभाग उपप्रमुख वेदुराम भुषालले पार्टीको राजनैतिक कार्य दिशा, स्कुल विभाग उपप्रमुख तथा केन्द्रीय सदस्य देवेन्द्र पौडेलले निर्वाचित जनप्रतिनिधी र स्थानिय तहको सम्वन्धको विषयमा प्रशिक्षण दिनु भएको थियो । त्यसै गरी प्रदेश नम्वर ३ का सह इन्चार्ज हितमान साक्यले संगठन सम्वन्ध अन्र्तर सम्वन्ध तथा प्रदेश नम्वर ३ का सचिव आन्नद पोखरेलले सरकारले गरेको काम र भावि दिशाको बारेमा प्रशिक्षण दिनु भएको थियो ।
प्रशिक्षण कार्यक्रमको समापन गर्नुहुँदै नेपाल कम्यूनिष्ट पाटी दोलखाका अध्यक्ष इश्वर चन्द्र पोखरेलले स्थानिय तहमा नागरीकहरुको चहाना अनुसार काम हुन नसकेको भन्दै जनप्रतिनीधि र नागरीकाहरुको विचमा दुरी वढ्न थालेको र त्यस्ता विषयहरुको निराकरण गर्नका लागि पार्टी प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । उहाँले लामो समय देखि तल्लो तह सम्म पुगेर प्रशिक्षण गर्न नसकिरहेको अवस्थामा दोलखामा एकिकरणको काम सकिएको र अव हरेक तहलाई चलायमान बनाउने गरी जिल्ला कमिटिले काम सुरु गरेको उहाँले बताउनु भयो । प्रशिक्षण कार्यक्रममा दोलखाका दुई नगरपालिका र सात गाउँपालिका गरी नौँ वटै स्थानिय तहका जनप्रतिनिधी, स्थानिय तहका कमिटी, जिल्ला कमिटीका सदस्यहरुको सहभागिता रहेको थियो ।
