३१ साउन, दोलखा, तत्कालीन नेकपा एमाले र एनेकपा माओवादीको एकीकरणबाट नेपाल कम्युनिष्ट पार्टीको निर्माण भएपछि दोलखा जिल्लामा सर्वसम्मत ढंगले भीम प्रसाद दहाल पार्टी अध्यक्षमा चयन भएका छन् । नेकपा दोलखा मा अध्यक्षको पद तत्कालीन एमालेको भागमा परेको र ६ जनादावेदार मध्ये दहाल छनौटमा परेकाहुन । लामो राजनीतिइतिहास बोकेका उनी अध्यक्ष पदम ाचयनहुँदा यो पदमा हेभी वेट व्यक्तित्व नै स्थापितभएको कार्यकर्ताहरु बताउँछन् ।
वि.सं. २०१७ सालमा जन्मिएका दहालले स्कुले जीवन देखि नै राजनीति सुरु गरेकाहुन् । ३५÷३६ सालबाट दोलखाको काव्रेमा अनेरास्ववियु पाँचौको संगठनमा सक्रियभई उनको राजनीति थालनी भएको थियो । युवाअवस्था देखि नै निकै सक्रिय रहेकाले तत्कालीन पार्टीले गाउँ तहमा निर्माण गरेको (भिजिए) भिलेज एक्टिभ ग्रुप र इलाका तहमा निर्माण गरेको (एपीजीए) एरिया पार्टी एक्टिभ ग्रुपमा नेतृत्वदायी भूमिकामा रहीकाव्रे, गैरीमुदी, मिर्गे, नाम्दू, क्षेत्रपा र जँुगुको साझा नेतृत्व गरेका थिए ।
वि.सं.२०३९ सालमा तत्कालीन नेकपा मालेको सदस्यता लिएर पार्टी निर्माणको अभियानमा होमिएका दहाल दोलखामा मालेको सदस्यता लिने छैठौँ ब्यक्ति थिए । दोलखा जिल्लामा ४४÷४५ सालमा नेकपा मालेको प्रथम जिल्ला अधिवेशन सम्पन्न हँुदा ७ जना सहभागी भएका थिएती ७ जना मध्येका १ थिए भीम दहाल । तत्कालीन दोलखा मालेको जिल्ला पार्टी कार्यालय मैनापोखरीमा थियो त्यो बेला दलहरुले सरकारी दमन खेपीरहनु पथ्र्यो त्यसै सिलसिलमा एकपटक प्रहरीले मेजर अपरेशनका नाममा तत्कालीन पार्टी सचिव पशुपति चौलागाईलाई पक्रेर पार्टीका दस्तावेजहरु लैजान लाग्दा यिनै दहालले बहादुरी पूर्वक प्रहरी फन्दाबाट उम्केर कार्यालयका महत्वपूर्ण र गोप्य दस्तावेजहरुको सुरक्षा गरेकाथिए ।
स्कुले जीवन पछि काठमाण्डौमा महेन्द्र रत्नक्याम्पस पढ्न जादाउनको राजनीतिझनै निखारियो । २०४८ सालमा अनेरास्ववियु क्याम्पस प्रारम्भिक कमिटिको अध्यक्ष बनेर कुशल नेतृत्व प्र्दान गरे । त्यसपछि अनेरास्ववियु काठमाण्डौ जिकको सदस्य, दोलखा काठमाण्डौँ सम्पर्क मञ्चको सदस्य, नेकपा एमाले काव्रे गाउँ कमिटी सचिव, २ नंबर इलाकाको सचिवहुदै जिल्ला कमिटिको सचिवालय सदस्य सम्म रहेर पार्टीका विभिन्न भूमिकामा सक्रिय छन् ।
भीमदाहाल स्वभावमा शालीन तर साहसी मानिन्छन् । २०५४ सालमा एमाले विभाजन भएर माले बनेपछि मालेको चर्को विरोध गरेका कारण ०५६ सालमा तत्कालीन मालेबाट आक्रमणमा परेकाथिए । त्यस्तै ०६५ सालमा सहकारी आन्दोलनमा पार्टीको पक्षबाट निर्वाचन जितेपछि तत्कालीन माओवादीले सफाया गर्ने लिस्टमा नाम चढाएको थियो । यस्ता कठीन घडीमा समेत आफ्नो अडान कायम राख्ने व्यक्तिलाई अहिले नेकपाले ऐतिहासिक जिम्मेवारी प्रदान गरेको छ । अब सबैलाई मिलाएर लैजानु उनको दायित्वबनेको छ । हिजोका माओवादी र एमाले आज एक भैरहँदाजम्माभएको शक्तिलाई सन्तुलित ढंगले लैजानु उनका लागि अवसर र चुनौति रहेका छन् ।
राजनीति सँगै भीमदहालको सामाजिक छवी पनिउच्च छ । लामो समय शिक्षण पेशामा रहेर धेरैसँग सामीप्यता कायम गरेका छन् । सहकारी आन्दोलनमा देशभरमै अग्रणी स्थानमाआउने जनसचेतन सहकारीलाई कुशलतापूर्वक नेतृत्वगरिरहेका छन् । सामाजिक रुपमाउनकादाई पुष्कर दहालले जनप्रतिनिधि हुँदा गरेका असलकामको जस पनि यो दहाल परिवारलाई नै छ ।
यसरी नेकपा दोलखाले एउटा खारिएको व्यक्तिलाई पार्टी सञ्चालनको जिम्मेवारी प्रदानगरिरहँदा पार्टी पंक्तिमानौलो आशा सञ्चार भएको छ । स्थानीयतहमा अरु नेताहरु ब्यस्तहुने भएकाले यो समय पार्टी निर्माणमा धेरै मेहनतपूर्वक लाग्नुपर्ने देखिन्छ । सबैलाई उचितजिम्मेवारी प्रदानगर्दै, सबैको भावनाको कदर गर्दै अघि बढेमादाहाल सफलहुने नेताकार्यकर्ताहरु बताउँछन् ।
भीमदहाल संग पत्रकार सरद सापकोटाले गरेको कुराकानीमा आधारित