नेकपा केन्द्रको गतिविधि प्रती नेकपा दोलखाको ध्यानाकर्षण

दर्पण संवाददाता
असार १९
नेपाल कम्युनिस्ट पाटी केन्द्रिय कमिटीको पछिल्लो कार्य प्रती नेकपा दोलखाले केन्द्रिय कमिटीलाई ध्यानाकर्षण गराएको छ ।

नेकपाको स्थायी कमिटी को बैठक बसिरहेको बेलामा सदस्यहरु विभिन्न मतमा बिभाजन भइ पाटी एकता जनभावना तथा कार्याकर्ताको भावना माथी चोट पुर्याउने कार्य भएको भन्दै केन्द्रिय कमिटीको ध्यानाकर्षण गराएको हो । स्वोदेशी तथा बिदेशी प्रतिक्रियाबादी हरुलाइ खुसी बनाउन गरिएका तेस्ता गतिविधि को अन्त्री गरि बार्ता छलफल र सहकार्यलाई निरन्तरता दिदै पाटिलाइ मजबुत बनाइ एकताका साथ अघि बढदै नेपाली जनताको हितमा सरकार संचालनको लागि आग्रह गरेको छ ।

नेपाल कम्युनिस्ट पाटी दोलखाका अध्यक्ष ईश्वरचन्द्र पोख्रेल र सचिव गोपाल पाण्डेले ध्यानाकर्षण पत्रमा हस्ताक्षर गर्दै केन्द्रिय कमिटीलाइ ध्यानाकर्षण गराएको हो ।