नेकपा एमाले दोलखाले तोक्यो सवै स्थानिय तहमा इन्चार्ज अध्यक्ष र सचिव (नामलीसहित)


दर्पण संवाददाता
चरीकोट, १४ वैशाख
नेपाल कम्यूनिष्ट पार्टी एमालेले दोलखाको विस्तारीत वैठक आज चरिकोटमा सम्पन्न भएको छ ।
नेकपा एमाले दोलखाका अध्यक्ष इश्वरचन्द्र पोखरेलेको अध्यक्षतामा भएको वैठकले एमाले दोलखाको दशौँ अधिवेशन आयोजक कमिटि गठन गर्नुका साथै सवै स्थानिय तहको इन्चार्ज अध्यक्ष र सचिवहरु तोकेको छ । अध्यक्ष पोखरेलले अभिवेशन आयोजक कमिटि र पाटिलका स्तरीय कमिटिहरुको नाम सार्वजनिक गर्नुभएको थियो । कमिटिमा छनोट हुनुभएका सवै सदस्य तथा पादाधिकारीहरुलाई नेकपा एमाले वागमती प्रदेश सहइन्चार्ज काशिनाथ अधिकारीले पद तथा गोपनीयताको सपथ खुवाउनु भएको थियो । विस्तारीत वैठकलाई संवोधन गर्नुहुँदै अध्यक्ष इश्वर चन्द्र पोखरलेले सवै स्थानिय तहमा एक साता भित्र पालिका कमिटि गठन गर्नका लागि निर्देशन दिनुभयो ।


नेकपा एमालेका केन्दीय सदस्य एमाले दोलखाको पार्टी इन्चार्ज संचार मन्त्री पार्वत गुरुङले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी संगठन विस्तारमा लाग्नका लागि सवैलाई निर्देशन दिनुभयो । पार्टीले १० औ अधिवेशन आयोजक कमिटिको विस्तार गर्ने क्रममा कोहि कोहि कसैको जिम्मेवारी हेरफेर भएको भए पनी सवै जना एकतावद्ध भएर पार्टी निर्माणमा लाग्न आग्रह गर्नु भयो ।

राजनीतिक निकास, देशविकास र राष्ट्रियताका मुद्धामा केपी ओली नेतृत्वको नेकपा एमाले नै देशका लागि सही छनौट भएको र केही असन्तुष्ट नेता कार्यकर्तालाई पनि पार्टीमा समेटेर अघि बढ्न नेकपा एमाले वागमती प्रदेश अध्यक्ष आनन्द पोखरेलले अपिल गर्नुभयो ।

विस्तारीत वैठकलाई एमालेका नेता लालकुमार केशी, नर बहादुर श्रेष्ठ, भरत बहादुर केशी लगाएतले सम्वोधन गर्नु भएको थियो ।

कार्यविभाजन नामावली
जिल्ला अध्यक्ष. इश्वरचन्द्र पोखरेल
जिल्ला सचिव. नर बहादुर श्रेष्ठ

पालिका स्तरीय कमिटिमा पर्नेहरुको नामवली

गौरीशंकर गापा
इन्चार्ज. स्वयम बहादुर खड्का
अध्यक्ष. जंग गुरुङ
सचिव. देवराम बुढाथोकी

बैत्यश्वर गापा
इन्चार्ज. ऋषिकेश उप्रेती
अध्यक्ष. माधव प्रसाद घिमिरे
सचिव. माधव प्रसाद दहाल

तामाकोशी गाउँपालिका
इन्चार्ज. जीवसराज खड्का
अध्यक्ष. नारायणध्वज खड्का
सचिव. होम बहादुर श्रेष्ठ

मेलुङ गाउँपालिका
इन्चार्ज. हीरा थोकर
अध्यक्ष. अम्बिका गोले
सचिव. ललित बस्नेत

शैलुङ गाउँपालिका
इन्चार्ज. धन बहादुर तामाङ
अध्यक्ष. थिर बहादुर मोक्तान
सचिव. गणेश बहादुर कार्की

भीमेश्वर नपा
इन्चार्ज. हरिवंश चौलागाई
अध्यक्ष. ज्ञानेन्द्र प्रधान
सचिव. रामचन्द्र बस्नेत

जिरी नपा
इन्चार्ज. टपेन्द्र खड्का
अध्यक्ष. टंक ब. जिरेल
सचिव. शम्भुप्रसाद दहाल

कालिञ्चोक गापा
इन्चार्ज. विनकुमार थामी
अध्यक्ष. इश्वरी दहाल
सचिव. होम थामी

विगु गापा
इन्चार्ज. सुन्दर विक
अध्यक्ष. टेकमान तामाङ
सचिव. लोक बहादुर नेपाली
सचिव. लोक बहादुर नेपाली