नेकपा एमाले दोलखाले आज चरिकोटमा वृहत कार्याकता भेला तथा पार्टी प्रशिक्षण कार्याक्रम गरेको छ ।
सदरमुकाम चरिकोटमा हजारौँ कार्यकताहरुको उपस्थितिमा एमाले दोलखाले भव्य रुपमा कार्याकर्ता भेला सम्पन्न गरेको छ । नेकपा एमाले विभाजन पछि एमाले दोलखाले पहिलोपटक भव्य रुपमा कार्याकता भेला तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो । कार्याकता भेला तथा प्रशिक्षण कार्याक्रमलाई नेकपा एमालेका स्थाई कमिटी सदस्य तथा लुम्वीनी प्रदेशका पुर्व मुख्य मन्त्री शंकर पोखरलेलले सम्वोधन गर्नु भएको थियो ।


नेकपा एमालेका केन्द्रीय सदस्य तथा दोलखाका पार्टी इन्चार्ज पार्वत गुरुङले दोलखामा एमाले एक जुट हुनको विकल्प नभएको र पार्टी विभजन भन्दै केहि नेताहरु गतल बाटोमा लाग्न लागेको भन्दै त्यसो नगरी सवैलाई एमालेमा एकतावद्ध हुनका लागि अनुरोध गर्नु भयो । त्यस्तै एमालेका वागमती अध्यक्ष आनन्द पोखरेलले दोलखा एमालेको लाल किल्ला रहेको र पार्टी विभाजनले जिल्लामा असर गर्ने र सवै नेता कार्यकताहरुलाई आम जनताहरुको भावना अनुसार काम गर्न र पार्टी निर्माणमा लाग्नको लागि आग्रह गर्नु भयो ।


एमाले सिध्याउनका लागि केहि व्यक्तिहरु कसम खाएर हिडेको र जनताको पक्षमा राम्रो काम गरेवापत केहि दलालहरुले एमालेलाई टुक्राउन र सिध्याने उदेश्यले हिडेको बताउनु हुँदै एमालेका स्थाई कमिटि सदस्य संकर पोखरेलले एमाले जनताको मन मुटुमा वसेको र कसैले चहादैमा त्यो पुरा नहुने बताउनु भयो । कार्यक्रममा एमालेका जिल्ला तथा स्थानिय तहका नेता तथा कार्यकताहरुको सहभागिता रहेको थियो ।





