
दर्पण संवाददाता
चरीकोट, ९ जेठ
कोभिडका कारण असामयिक निधन हुनुभएका नेकपा एमालेका नेता एवं दोलखा प्रदेश ख का सांसद स्व पशुपति चौलागाइको १३ औँ दिनको स्मृतमा आज नेकपा एमाले दोलखाले श्रद्धाञ्जली सभा गरेको छ ।
कोरोना भइरसका कारण असामहिक निधन हुनुभएका एमाले नेता चौलागाईको आज १३ आँै दिनको अवसरमा एमाले दोलखाले जुम मार्फत श्रदाञ्जली सभा आयोजना गरेको हो । कारोना भाइरस नियन्त्रणका लागि निषेधज्ञा भई रहेको कारणले भर्चुअल जुम मार्फत आयोजना गरिएको सभामा सयौ नेता तथा कार्यकताहरुले चौलागाई प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
कोरोनाका उपचारका क्रममा मनमोहन मेमोरियल हस्पिटलमा अकल्पनीय निधन हुनुभएका नेता चौलागाईले पार्टीमा, जिल्ला र देशमा गर्नुभएको योगदानलाई स्मरण गर्दै श्रदाञ्जली अर्पण गरेको हो ।

श्रदाञ्जली सभामा संचार तथा सुचन प्रविधी मन्त्री नेकपा एमालेका केन्दीय सदस्य पार्वत गुरुङ, एमाले वागमती प्रदेश अध्यक्ष आनन्द पोखरेल, एमाले जिल्ला अध्यक्ष इश्वरचन्द्र पाखरेल, एमाले दोलखाका सचिव नर बहादुर श्रेष्ठ , नेताहरु लालकुमार केसी, भरत केसी, डवल पाण्डे लगायतले नेता चौलागाईको ४५ बर्षे राजनीतिक यात्रा, उहाँले पार्टी निर्माणमा खेल्नुभएको भूमिका, दोलखा जिल्लाको विकास निर्माणमा लिनुभएको अग्रसरता जस्ता बिषयमा चर्चा र स्मरण गर्नुभएको थियो ।
