नेकपा एमाले दोलखाको पौष २३ मा १० औं जिल्ला अधिवेशन हुँदै, तयारी तिव्र

चरकिोट, १५ पुष : नेकपा एमाले दोलखाको १० औ  जिल्ला अधिवेशन पुष २३ गते चरिकोटमा आयोजना गरिएको छ ।

नेकपा एमाले दोलखाले चरिकोट दोलखामा पुष २३ गते चरिकोटमा भव्य रुपमा जिल्ला अधिवेशन गर्नका लागि तयारी तिव्र पारेको छ । नेकपा एमाले दोलखाले दशौ जिल्ला अधिवेशन भव्य सम्पन्न गर्नका लागि विभिन्न समितीहरु गठन गरेर तयारी लाई तिव्रता दिएको हो । लामो समय पछि हुन लागेको जिल्ला अधिवेशनलाई व्यवस्थित सव्य र भव्य रुपमा सम्पन्न गर्नका लागि सवैलाई आआफनो क्षत्रबाट खटनका लागि कार्याकताहरुलाई नेकपा एमाले दोलखाले निर्देशन गरेको छ ।

एमाले दोलखाले जिल्ला अधिवेशनलाई लक्षित गरी संगठित सदस्यहरुको नामावली अन्तीम गरी प्रत्येक वडाहरुबाट आउने प्रतिनिधी छनोटको कामलाई तिव्रता दिएको छ । एक सय संगठीत सदस्य भएको वडाबाट एक महिला सहित तिन जना प्रतिनिधी र एक दलित प्रतिनिधी सहभागी हुन पाउने व्यवस्था गरेको छ । जिल्लाभरबाट करीव सात सय प्रतिनिधी जिल्ला अधिवेशनमा प्रतिनिधीको रुपमा सहभागी वन्ने नेकपा एमाले दोलखाले जनाएको छ । जिल्लाको ७४ वटा नै वडाहरुमा जिल्ला प्रतिनिधी छनोटको लागि पुष १७ गते निर्वाचन हुँदै छ । प्रत्येक वडाबाट संगठीत सदस्यको आधारमा निर्वाचित गराई जिल्ला प्रतिनिधी पठाउनका लागि दुई दुई जना शिक्षक हरुलाई निर्वाचन अधिकृत तोकि वडाहरुमा पठाई सकेको छ ।