नेकपा एमाले दोलखाको पार्टी इन्चार्जको जिम्मेवारी पार्टीका पोलिटव्युरो सदस्य पार्वत गुरुङले पाउनु भएको छ । नेकपा एमालेको केन्द्रीय सचिवालयको ४३ औँ वैठकले पार्टीका पोलिटव्युरो सदस्य पार्वत गुरुङलाई दोलखा पार्टी इन्चार्जको जिम्मेवारी दिएकोे हो ।
पार्टीको ४३ औँ सचिवालयको वैठकले एमाले नेताहरुको जिम्मेवारी हेरफेर गरेको हो । दोलखामा यस अघि कमल चौलागाई इन्चार्ज रहनुभएको थियो । यस अघि चितवनको पार्टी इन्चार्जको जिम्मेवारीमा रहनुभएका गुरुङलाई पार्टीले आफनै गृह जिल्ला दोलखाको पार्टी इन्चार्जको जिम्मेवारी दिएको हो ।
इन्चार्जको जिम्मेवारी पाउनुभएका गुरुङ दोलखाबाट दुई पटक प्रतिनिधी सभाको सांसद भई सक्नु भएको छ भने सुचना तथा संचार मन्त्री सरकारको प्रवक्तासमेत भएर काम गरी सक्नु भएको छ । हाल पार्टीको पोलिटव्युरो सदस्य रहनुभएको गुरुङ विभिन्न विभागहरुमा रहेर सफलता पुर्वक काम गरी सक्नु भएको छ ।
पार्टीले अन्तर जिल्ला इन्चार्ज तोक्ने व्यवस्था अनुसार दोलखा जिल्लामा केन्द्रीय सदस्य कमल चौलागाईलाई इन्चार्जको जिम्मा दिएको थियो । अन्तर जिल्ला इन्चार्जको जिम्मेवारीले पार्टी संगठन निर्माण खासै चलायमान हुन नसकेको भन्दै जिल्ला अधिवेशन सम्पन्न भए संगै जिल्लामा इन्चार्ज परिर्वतको चर्चा चलेको थियो ।
जिल्लाकै नेताहरुलाई अन्यत्र जिम्मेवारी दिएर पठाउँदा जिल्लामा पार्टी झन कम्जोर वन्ने स्थीति रहेको हुुँदा जिल्लाकै नेताहरुलाई इन्चार्जको जिम्मेवारीले पार्टी निर्माणमा थप योगदान गर्ने दोलखा सचिव सोयम बहादुर खड्काले बताउनु भयो । गुरुङले यस अघि समेत दोलखामा इन्चार्जको रुपमा काम गरी सक्नु भएको छ।