नेकपा एमाले दोलखाको दशौँ जिल्ला अधिवेशनको तयारी पुरा भएको छ ।। यहि माघ २२ गते देखि २४ गते सम्म चरिकोटमा हुन लागि रहेको अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।
चरिकोट स्थीत कर्वड हलमा हुन लागेको दशौँ जिल्ला अधिवेशनको नेकपा एमालेका महासचिव शंकर पोखरेलले २२ गते विहान ११ बजे उदघाटन गर्ने कार्यक्रम रहेको छ । नेकपा एमालेको पार्टी कार्यालय बाट ¥याली सहित कार्यक्रम स्थलमा पुगी कार्यक्रमको उदघाटन गर्ने तयारी रहेको नेकपा एमाले दोखलाका संयोजक नर बहादुर श्रेष्ठले बताउनु भयो ।
नेकपा एमाले दोलखाको दशौं जिल्ला अधिवेशनका लागि जिल्ला भरीबाट ६ सय भन्दा धेरै प्रतिनिधिहरु सहभागि हुने प्रतिनिधी व्यवस्थापन समितीका संयोजक राजेन्द्र मानन्धरले बताउनु भयो ।
भूगोलबाट ४ सय ५० जना प्रतिनिधि सहभागि हुने भएका छन् । त्यसैगरी जनसङ्गठनबाट ५० जना, उत्पिडित समुदायबाट ५० जना, सल्लाहकार परिषद्बाट २५ जना तथा सम्पर्क मञ्चबाट २१ गरी जम्मा ५ सय ९६ जनाले प्रतिनिधिको रुपमा अधिवेशनमा भाग लिनेछन् ।
नेकपा एमाले दोलखाको अधिवेशन आयोजक कमिटीको आज बसेको वैठकले एमालेको राजनैतिक प्रतिवेदन, संगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पास गर्दै वैठक सम्पन्न भएको छ ।
३ दिन सम्म संचालन हुने दशौँ अधिवेशनले दोलखा एमालेमा नयाँ नेतृत्वको चयन गर्ने छ ।