
नेकपा एमाले तामाकोसी गाउँपालिका कमिटी दोलखाको बैठक सम्पन्न भएको छ ।
नेकपा एमाले दोलखाको दशौं जिल्ला अधिबेशन पश्चात् बसेको पहिलो बैठकले तीन महिने कार्ययोजना बनाएर पालिका ईन्चार्जहरुलाई जिम्मेवारी दिए पछि तामाकोसी गाउँपालिकाको बैठक बसेको हो ।
बैठकले जिल्ला कमिटीबाट प्राप्त सर्कुलर अनुसार पालिका अधिबेशन र वडा कमिटीको बैठकको मिति तय गरेको छ । पालिका अधिबेशन आउदो बैशाख १५ गते तामाकोसी ४ मालुमा आयोजना गरिने तयारी भएको र चैत २४ गते सम्म वडा बैठकहरु सम्पन्न गरिने तामाकोशी गाउँपालिका पार्टी ईन्चार्ज धिरज सुबेदीले बताउनु भयो ।
पालिका बैठकलाई नेकपा एमाले बाग्मती प्रदेश कमिटी सदस्य बालकृष्ण शिवाकोटी, जिल्ला अध्यक्ष नर बहादुर श्रेष्ठ, जिल्ला सचिव सोयम बहादुर खड्का, पालिका ईन्चार्ज धिरज सुवेदी, सह ईन्चार्ज श्यामकाजी कटुवाल, युवा संघ दोलखाका ईन्चार्ज अर्जुन सुनुवार, वडा कमिटी अध्यक्ष र ईन्चार्ज हरुले सम्बोधन गर्नुभएको थियो । पालिका कमिटीका अध्यक्ष होम बहादुर श्रेष्ठको अध्यक्षतामा वैठक सम्पन्न भएको थियो ।
