दोलखाको गौरिशंकर गाउँपालिकामा नेकपा एमाले गौरिशंकर गाउँपालिका कमिटीले ज्ञापन पत्र बुझाएको छ ।
गौरिशंकर गाउँपालिकाका जनप्रतिनीधी नागरिक र विकास प्रति प्रतिवद्ध नभएको र पालिकामा भईरहेको वेतिथीको विरुद्धमा नेकपा एमाले गौरिशंकर गाउँपालिका कमिटिले पालिकामा ज्ञापन पत्र बुझाएको हो । सुशासन र विकासको चर्को नारा र प्रचार सहित पालिकामा शासन सञ्चालन गरिरहेका स्थानीय सरकार विकास र सुसासनमा उदासिनता र पालिकाका जनप्रतिनिधी गैर जिम्मेवार रहेका, देशको विद्यमान आर्थिक मन्दि र त्यसले निम्त्याएको निरासापनले आक्रान्त पारेको नेपालीलाई स्थानिय तहका सरकारले शुशासन र विकासमा आशा जगाउने काम गर्न नसकेको हुँदा पालिकालाई ज्ञापन पत्र वुझाईएको नेकपा एमाले पालिका कमिटी अध्यक्ष जंग गुरुङले बताउनुभयो ।
पालिकाले आवश्यकतानै नभएको सवारी साधन खरीद गरी पालिकालाई आर्थिक भार थप्ने जस्ता कार्यमा अग्रसर देखिएकोले उक्त कार्य तत्काल रोक्नका लागि समेत विज्ञप्तीमा आग्रह गरीएको छ । पालिकाले हाल संचालनमा भई रहेको सवारी साधन वाहेक क्यटलक विधी मार्फत थप ९ वटा मोटरसाइकल खरिदको लागि सुचना प्रकाशन गरेको छ । पालिकामा सवारी साधन चल्ने बाटो राम्रो वनाउनुका साटो जनप्रतिनिधी व्यक्तिगत सेवा सुविधामा वढि मोहित देखिएको भन्दै उक्त सवारी साधन खरीद तत्काल रोक्न विज्ञप्तीमा आग्रह गरिएको छ । हाल पालिका भन्दा वाहकेक ९ वटा वडामा १३ वटा मोटरसाइकल संचालनमा रहेका छन् । वडा नम्वर ५, वडा नम्वर ६, वडा नम्वर ७ र वडा नम्वर ९ मा दुई दुई वटा मोटरसाईकल संचालनमा रहेको छ भने अन्य वडाहरुमा एक एक वटा संचालनमा रहेको पालिकाले जनाएको छ । हाल संचालनमा रहेको यी सवारी साधन भन्दा वाहेक ९ वटा मोटरसाकल खरीदको लागि सुचना जारी गरेको छ ।
नेकपा एमाले गौरिशंकर पालिका कमिटी अध्यक्ष जंग गुरुङद्धारा हस्ताक्षरित विज्ञप्तीमा गौरीशंकर गाउँपालिकामा विकास शुसानमा देखिएको ढिलासुस्तिले गौरीशंकर बासीको सुख र समृद्धिमा अध्यारो बादल छाएको, गाउँपालिकामा भएको एम्बुलेन्सबकाट बिरामिलाई लिएको चर्को शुल्क, विकास निर्माणमा चरम लापरबाहि, स्थानिय जनताको सयौ योजनाहरु अलपत्र पारिएका जस्ता उल्लेख गरिएको छ ।

