नेकपाको उद्योग व्यवसाय विशेष कमिटिको इन्चार्जमा पार्वत गुरुङ

दर्पण संवाददाता
चरिकोट, भाद्र २
नेपाल कम्युनिष्ट पार्टीको उद्योग व्यवसाय विशेष कमिटिको इन्चार्जको जिम्मेवारी नेकपाका नेता तथा दोलखा प्रतिनिधी सभा सदस्य पार्वत गुरुङले पाउनु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टीको सचिवालय वैठकले नेता गुरुङलाई उद्योग व्यवसाय विशेष कमिटि इन्चार्जको जिम्वेवारी दिएको हो । कमिटिको सहइन्चार्जको जिम्मेवारी शशी श्रेष्ठ र सचिवको जिम्मेवारी चन्द्र रिजालले पाउनु भएको छ ।

इन्चार्जको जिम्मेवारी पाउनुहुने नेता नेपाल कम्यूनिष्ट पार्टीको केन्द्रीय सदस्य तथा दोलखा प्रतिनिधी सभाको सदस्य हुन् । प्रतिनिधी सभाको निर्वाचनमा देशभरमा सवै भन्दा बढि मत अन्तरले विजयी हुनुभएका नेता नेपाल कम्युनिष्ट पार्टीमा लोकप्रिय नेताको रुपमा मानिन्छ । दोलखाको गौरिशंकर गाँउपालिका मा जन्मिएका नेता गुरुङले तत्कालिन नेकपा एमाले दोलखाको अध्यक्ष हुँदै दोलखाबाट संविधान सभा सदस्य हुँदै हाल प्रतिनिधी सभाको सदस्य हुनुहुन्छ ।