निशा तिमलसिनाको अध्यक्षतामा लघुवित्त कर्मचारी संगठन केन्द्र दोलखाको गठन

दोलखा जिल्लामा काम गर्ने लघुसवित्तहरुमा कार्यरत कर्मचारीहरुको निशा तिमलसिनाको अध्यक्षतामा लघुवित्त कर्मचारी संगठन केन्द्र दोलखाको गठन गरेको छ ।

दोलखा जिल्लाको विभिन्न क्षत्रहरुमा रहि दोलखा जिल्लामा वित्तिय सेवा प्रदान गर्दै आएको लघुवित्तहरुमा कार्यरत कर्मचारीहरुले लघुवित्त कर्मचारी संगठन गठन गरेको हो । दोलखा जिल्लामा काम गर्ने लघुवितहरुमा कार्यरत कर्मचारीहरुको चरिकोटमा भेला भई संगठनको गठन गरेको लक्ष्मी लघुवित्त दोलखाका प्रमुख मनिष ढकालले जानकारी दिनुभयो । संगठनको अध्यक्षमा निशा तिमलशिना, उपाध्यक्षमा रामशरण मगरामी, सचिवमा मनिष ढकाल, सह सचिवमा नर बहादुर साउथ, कोषाध्यक्षमा सन्तोष कुमार शाह, सदस्यहरुमा राजु लामा, रामकृष्ण श्रेष्ठ, प्रकृती भटराई, इश्वर भट्ट लगाएत चयन हुनुभएको छ । भेलाले ११ सदस्यीय कार्यसमिती गठन गरेको सचिव ढकालले जानकारी दिनुभयो ।
वित्तय क्षत्रमा कार्यरत कर्मचारीहरुको हकहितको लागि वाकलात गर्ने र जिल्लामा वित्तिय साक्षरता सम्वन्धी जनचेतनामुलक कार्यक्रमहरु संचलन गर्ने उदेश्यले संस्थाको गठन गरेको सचिव ढकालले जानकारी दिनुभयो । दोलखा जिल्लामा कार्यरत सवै लुघवित्तहरु संस्थामा अवद्ध गराउने उदेश्य रहेको हुँदा पहिलो भेलामा छुट भएका केहि लघुवित्तहरुलाई आगामी दिनमा समेटीने उहाँले बताउनु भयो ।