निर्वाचित जनप्रतिनिधीलाई एमाले दोलखाको प्रशिक्षण बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

किष्मा थामी

चरिकोट, २२ जेठ:  नेकपा एमाले दोलखाले गत वैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट निर्वाचित वन्नुभएका जनप्रतिनिधीहरुलाई प्रशिक्षण बधाई तथा शुभकामना कार्याक्रम सम्पन्न गरेको छ ।

नेकपा एमाले जिल्ला कमिटी दोलखाको आयोजनामा शनिवार सदरमुकाम चरीकोटमा बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरी सवै जनप्रतिनिधीहरुलाई प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो । नेकपा एमालेका अध्यक्ष नर बहादुर श्रेष्ठको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा नागरिकहरुको पक्षमा घर दैलोमानै पुगेर नागरिकको सेवा गर्न र स्थानीय तह संचालन सम्वन्धी कानुनको अधिनमा रहि कार्य गर्नका लागि अध्यक्ष श्रेष्ठले निदेशन दिनुभयो । जनताहरुको हित विपरीत र व्यक्तिगत स्वार्थको आधरमा पार्टीको निर्याण विपरीत जनप्रतिनीधीहरुले काम गरे पार्टीले जुनसुकै कदम चालन सक्ने समेत उहाँले बताउनुभयो ।

गत स्थानिय तह निर्वाचनमा सक्ताको आडमा बुथ कब्जा र धाधली गरेको प्रति नेकपा एमालेले गम्भिर ध्यानआकार्षण गरेको छ । नेकपा एमाले विभिन्न स्थानिय तहमा पराजित भएपनि आगामि दिनहरुमा पार्टिलाई सुदृढ गर्देै लैजाने र आउदै गरेको संघ र प्रदेशको निर्वाचनका लागि तयारी गर्न नेकपा एमाले दोलखाल कार्यकताहरुलाई आग्रह गरेको छ ।


नेकपा एमाले दोलखाले जिल्लाको स्थानिय तहहरुमा नेकपा एमालेका नवनिर्वाचित प्रमुख तथा उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्ष, डाअध्यक्ष तथा वडा सदस्यहरुलाई खादा र अबिर लगाई जिल्लाका अध्यक्ष नर बहादुर श्रेष्ठ, एमाले पोलिटब्युरो सदस्य एवं पुर्वमन्त्री पार्वत गुरुङ, नेकपा एमालेका पोलिटव्युरो सदस्य आनन्द प्रसाद पोखरेल, केन्द्रिय सदस्य रचना खड्का, वागमती प्रदेश कमिटी सदस्य लगाएतले आगामी ५ बर्षिय कार्यकालको लागि बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा जिल्लाका अध्यक्ष नर बहादुर श्रेष्ठ, एमाले पोलिटब्युरो सदस्य एवं पुर्वमन्त्री पार्वत गुरुङ,नेकपा एमालेका पोलिटव्युरो सदस्य आनन्द प्रसाद पोखरेल,केन्द्रिय सदस्य रचना खडका लगाएतलेै मन्तव्य व्यक्त गर्नुभयको हो ।