दर्पण संवाददाता
चरिकोट, ३० भाद्र, निर्मलाको बलात्कार र हत्यामा संलग्नलाई पहिचान गरी कार्बाही गर्न दोलखा सदरमुकाम चरिकोटमा दवावमूलक सिठी जुलुशको आयोजना गरिएको छ ।
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका लागि न्यायको माग गर्दै दोलखाको सदरमुकाम चरिकोटमा आज गरिएको प्रदर्शन कार्यक्रममा अधिकारकर्मी सिर्जना कार्कीले निर्मलाको न्यायका निम्ति जस्तोसूकै परिस्थीतिको सामना गर्न आफु तयार रहेको बताउनु भएको छ ।
कार्कीले किशोरीहरुले गाउँ, घर, सहर, बजार जुन सुकै ठाउँमा पनि आफु सुरक्षित भएको महसुश गर्न नपाएको प्रति दुख व्यक्त गर्नुभयो । सरकारले देखायो लाचारी त्यसैले हाम्रो खबरदारी, चुप लागेर नबसौँ न्याय मर्न नदिउँ र मौन बसेको सरकार किन बढ्दैछ बलात्कार जस्ता विषय लेखिएका प्ले काड बोकी सिठ्ठि फुक्दै गरिएको प्रदर्शनमा अधिकारकर्मी, बाल क्लब, दोलखा डान्स कृयु लगायतका सहभागिता रहको थियो ।
कार्यक्रममा निर्मलाका निम्ति न्याय अभियानका संयोजक विमला बुढाथोकी, बालअधिकार कर्मी राजन बस्नेत, किशोरी रेजिना उपे्रतिले मन्तव्य राख्नुहुँदै नेपालमा दिनहुँ झै भैरहको बलात्कारको घटनाप्रति दुख व्यक्त गर्दै तत्काल दोषि पत्ता लगाई कानुनको कठघरामा उभ्याउनु पर्नेमा जोड दिनु भएको थियो ।