काठमाण्डौ
सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको परिसरभित्र एकजना नायबसुब्बाले आत्महत्या गरेका छन् ।
सिंहदरवार परिसरमा रहेको राष्टिय योजना आयोग भवनमा नायब सुब्बा बच्चु केसी विष सेवन गरी आत्महत्या गरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरी घटनास्थल पुगेको र सो घटनाबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी प्रवक्ता एसएसपी श्याम ज्ञवालीले जानकारी दिए ।
केसीको शव बिहान ११ः३५ बजे आयोगको सभाहलमा सेलफोस नामक विषादी सेवन गरेको अवस्थामा फेला परेका थिए । उनले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । केसी सोही आयोगमा कार्यरत थिए ।