नव गायिका अनिषाको आजभोली सार्वजनिक

वैशाख १४
नव गायिका अनिषा बुढाथोकीको ‘आजभोली’ वोलको गीत सार्वजनिक भएको छ ।
बुधबार दोलखा सदरमुकाम चरिकोटमा एक कार्यक्रमको बिच गित युट्युव मार्फत बिमोचन गरिएको हो।
नेपाली गित संगितको क्षेत्रका सर्जक केशव राज चौलागाईले गितीको कम्प्यूटरमा क्लिक गर्दै बिमोचन गरेको निर्देशक हरि केसीले बताए।
बिलक्षण प्रतिभाकी धनी बुढाथोकीको मर्मस्पशी गितको चर्चा गदै चौलागाईले दोलखाले गित संगितको क्षेत्रमा उज्जवल नेक्षत्रका भएकी छोरी जन्माएको बताएका छन्। आधुनिक युगमा युवाजगतको लागी यस गितले कोशेढुङा सावित हुने उनले दाबि गरेका छन।
गायिका बुढाथोकी कालिञ्चोक गाउँपालिका २ बाबरे निवासी हुन।
भिमेश्वर नगरपालिका ६ का बद्रीजंग थापा ,मैनापोखरी निवासी सुयासी कार्की,शैलुङगाउँपालिका बिजय श्रेष्ठ मेलुङ गाउँपालिका २ घ्याङसुकाठोर निवासी सुम्निमा कार्की र गायक अनिषा बुढाथोकीको मोडलिङ रहेको सो गिती एल्वम गित संगितको क्षेत्रमा अत्यन्तै उत्कृष्ठ रहेका सर्वत्र चर्चापरिचर्चा हुन थालेको छ।
ईश्वर वल्व उप्रतीले भिडियोलाईज गरेको गितको लेखक भने भीनपा ५ का राज श्रेष्ठ हुन।
बिमोचन कार्यक्रममा बरिष्ठ साहित्यकार एवम गजलकार जित कार्की ,गौरिशंकर बहुमुखी क्याम्पसका प्रमुख शान्त केसी र संचारकर्मी दीपशंकर चौलागाईले आजभोली नामक गित एल्वमले गित संगीत र साहित्यको क्षेत्रमा दोलखा जिल्ला चिनाउने स्वार्णीम बस्तु हुने बताएका छन।

https://youtu.be/xb7FlX1QZcM