नविल वैक लिमिटेड चरिकोट शाखाले आज दोलखाको विभिन्न क्षत्रमा वृक्षारोपन गरेको छ ।
नविल वैक लिमिटेडको सप्ताहव्यापी रुपमा मनाईरहेको नविल ग्रीन वीक क्याम्पीयन अन्र्तगत विभिन्न प्रजातिका करीव ५ सय विरुवा रोपिएको नविल वैक चरीकोट शाखाका प्रमुख रविन्द्र केसीले जानकारी दिनुभयो । पर्याटकीय क्षत्र चरिकोटलाई हरियाली बनाउने उदेश्यले भिमेश्वर नगरपालिकाको पशुपती डाँडादेखि भिमेश्वर मन्दिर क्षत्र सम्म करिव ५ सय फलफुल तथा विभिन्न प्रजातिको विरुवाहरु रोपिएको हो ।
वैकको ग्रीन वीक क्याम्पियन कार्यक्रम अन्र्तगत सामाजिक दायित्वको कार्यक्रम अनुसार आयोजना गरिएको वृक्षारोपण कार्यक्रममा भिमेश्वर नगरपालिकाका प्रमुख इश्वर नारायण मानन्धर, साहयक प्रमुख जिल्ला अधिकारी औलख बहादुर आले, भिमेश्वर नरपालिका वडा नम्वर २ का वडा अध्यक्ष स्टालिन श्रेष्ठ लगाएतको सहभागिता रहेको थियो ।