गीत संगीतमा निकै चर्चा कमाएकी पारु खड्काको तिजलाई लक्षित गरी नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । नारीहरुको महान् पर्व तिज नजिकिदै गर्दा तिज गीतले पनि त्यत्तिकै बजार तताईरहेको छ ।
लामो समयदेखि संगीतमा चर्चा कमाएका पारु खड्का र राजु परियारको स्वर, विष्णु विसीको लय, विमल अधिकारी र सारिका केसीको अभिनय रहेको नरोन ए न्याउली चरी ले अहिले बजार तताइरहेको छ । यस म्यूजिक भिडियोमा गायीका कल्पित मिनु कार्कीको शब्द रहेको छ ।
भर्खरै बजारमा आएको यस म्यूजिक भिडियो भावना म्यूजिक सोलुसन युट्युव च्यानलमार्फत बजारमा आएको हो । गीतको भिडियोमा विष्णु विसीको निर्देशन, सागर गौतमले छायाङ्कन र दिपक विष्टले सम्पादन गरेका छन् ।
कतिपय घरपरिवारमा टिकटकले गर्दा बुढाबुढीको दिनहुँ झगडा भइरहने गरेको छ । तर, तिजको बेला यस्ता झगडा कम गर्न नरोन ए न्याउली चरी गीतले साथ दिने पारु खड्काले बताउनु भयो ।