दोलखा जिल्लाको संवृद्धी र समग्र विकासको लागि जिल्लाका प्रमुख तिन राजनैतिक दल एकजुट भएका छन् । जिल्लाको मुख्य राजनैतिक दल नेकपा एमाले, नेपाली काङग्रेस र नेकपा माओवादी पार्टीका नेताहरुले जिल्लाको समग्र विकासलाई समेटी प्रधानमन्त्री केपी शर्मा वलीलाई आज ध्यानकर्षण पत्र बुझाएका छन् ।
नेकपा एमालेका अध्यक्ष नर बहादुर श्रेष्ठ, नेपाली काङग्रेस दोलखाका सभापती वर्मा लामा, नेकपा माओवादीका संयोजक कमल श्रेष्ठद्धारा हस्ताक्षर गरी दोलखाका अग्रज नेताहरुको उपस्थितीमा १३ वुँदे ध्यानकर्षण पत्र प्रधानमन्त्री केपी शर्मा वलीलाई बुझाएका हुन । ध्यानकर्षण पत्रमा दोलखा जिल्ला संवृद्ध निर्माणको लागि मुख्य मुख्य मानिएको विकास निर्माणका कतिपय योजनाहरु अलपत्र अवस्थामा रहेको र कतिपय योजनाहरु कार्यन्वयनमा ढिलाई भएको हुँदा सरकारले प्राथमिकताका साथ जिल्लाका योजनाहरु निर्माणमा ध्यान दिनुपर्ने उल्लेख गरिएको छ ।
१३ वुंदे ध्यानकर्षण पत्रमा दोलखाको विगु गाउँपालिका अन्र्तगत पर्ने सवै भन्दा छोटो दुरीको त्रिदेशिय सम्वन्ध विस्तार हुने उतर दक्षिण जोडने लामावगर फलाक सडक संचालन गरी चिन संगको नाका खुलाउन पहल गरिनुपर्ने, दोलखावासीको स्वामित्व रहने गरी तामाकोशी तेस्रो पुर्ण क्षमतामा जति सक्दो चँडो निर्माण गरिनु पर्ने, गरिढुंगामा रहेको म्यागनेसाई उद्योग संचालन गरिनुपर्ने, फिल्म सिटी निर्माण तथा जिल्लामा विमानस्थल निर्माण गरिनु पर्ने जस्ता योजनाहरुलाई प्राथमिकताका साथ उल्लेख गरिएको छ ।
पर्यटकीय प्रचुर संभावना रहेको दोलखाको कालिन्चोक, जिरी शैलुङ, विगु, लप्ची, भिमेश्वर मन्दिर, गौरिशंकर च्छोरोल्पा हिमताल, रोल्वालिङ पदमार्ग लगाएतका क्षत्रहरुलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरीनु् पर्ने, जिल्लाको मेलुङ गाउँपालिका अन्र्तगत भेडपुमा सिंगो गाउँनै र जिल्लाको विभिन्न ठाउँमा जग्गा सम्वन्धी समस्या रहेको हुँदा त्यसको समाधानको लागि पहल गरीनु पर्ने जस्ता विषयहरु प्रधानमन्त्री केपी शर्मा वलीलाई ध्यानकर्षण गराएको हो ।
जिल्लाका मुख्य राजनैतिक दलका प्रमुख तथा केन्द्रीय नेताहरुको सामुहिक उपस्थितीमा आज बालुवाटारमा प्रधानमन्त्री वलीलाई ध्यानकर्षण गराएको हो । दोलखा जिल्लाको आम नागरिक हरु संग जोडिएको र जिल्लाको समग्र विकासको लागि सवै राजैतिक दलहरुले उठान गर्दै आई रहेको विकास निर्माणका योजनाहरु प्रधानमन्त्री समक्ष पेश गरिएको नेकपा एमाले दोलखाका उपसचिव तथा प्रचार विभाग प्रमुख हरी वलीले बताउनु भयो । ध्यानकर्षण पत्रमा उल्लेख गरिएका विषयहरु दोलखा जिल्लाको मुख्य विकासका योजनाहरु रहेको हुँदा ति योजनाहरुलाई निर्माण गर्न सके समग्र दोलखा जिल्लाको विकास निर्माण हुने प्रचार विभाग प्रमुख हरी वलीले बताउनु भयो ।
जलस्रोत, वनबनजंगल, पर्यटन, कृषि, हरेक हिसावले प्रचुर संभावना रहेको दोलखाका आम नागरिकको जनजिवन संग जोडिने योजनाहरु निर्माण नै दोलखाका सवै राजनैतिक दलहरुको साझा एजेन्डा भएको हुँदा जिल्लाका मुख्य राजनैतिक दलहरु जिल्लाको विकास निर्माणमा एकजुट हुन आवश्यक रहेको नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठले बताउनु भयो ।