दोलखा महोत्सव कोरोना भाइसरको त्रासका कारण स्थगित

दर्पण संवाददाता
चरिकोट, १९ फागुण

दोलखाको चरिकोटमा हुन लागेको बृहत दोलखा महोत्सव तथा लागनी सम्मेलन कोरोना भाइरसको त्रासका कारण स्थगित भएको छ ।

सरकारले कोरोना भाइरस फैलन नदिनका लागि उच्च सर्तकता अपनाई मानिसहरुको भिडभाड हुने कार्यक्रमहरु सभा सम्मलेन तथा महोत्सवहरु नगर्न निर्देशन दिए संगै पर्सिबाट सुरुहुन लागेको दोलखा महोत्सव स्थगित गरिएको हो । दोलखा उद्योग वाणिज्य संघको आयोजनामा दोलखाको चरकोटमा यहि फागुण २१ गेत देखि ३० गते सम्म बृहत दोलखा महोत्सव तथा लगानी सम्मेलनको आयोजना गरिएको थियो । दोलखा उद्योग वाणिज्य संघ दोलखाको आज दिनभर वसेको वैठकले महोत्सव स्थगित गरिएको दोलखा उद्योग वाणिज्य संघ दोलखाका अध्यक्ष इन्द्र श्रेष्ठले बताउनु भयो । सरकारले सभा सम्मेलन स्थगित गर्न निर्देशन दिए संग दोलखा महोत्सव तथा जिरीमा हुन लागेको छेच्यु महोत्सव स्थगित गर्नका लागि दोलखाका प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले निर्देशन दिनुभएको थियो ।

दोलखामा पहिलो पटक हुन लागेको लगानि सम्मेलत तथा दोलखा महोत्सवको सवै तयारी पुरा भएता पनि कोरोना भाइसरको उच्च जोखिम रहेका कारण सरकारले सभा सम्मेलन रोक्नका लागि निर्देशन गरे संगै आफुहरुले महोत्सव स्थगित गरिएको अध्यक्ष श्रेष्ठले बताउनु भयो । दोलखा उद्योग वाणिज्य संघको आयोजनामा १० दिन सम्म हुन लागेको महोत्सवको उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले २१ गते उद्धघाटन गर्ने कार्यक्रम रहेको थियो ।