दर्पण संवाददाता
चरिकोट, मंसिर ९
दोलखाको भिमेश्वर मन्दिरमा रहेको भिमेश्वरको शिलामा आज दिउँसो पसिना आएको छ । साक्षात भविष्य सूचकको रुपमा मानिने प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा आज दिउँसो पानै २ बजेदेखि पसिना आएको भीमेश्वर गुठी तथा पूजा व्यवस्थापन समिति दोलखाले जनाएको छ ।
आज दिउँसो देखि भिमेश्वर मन्दिरको शिलामा पसिना आएको यो १८ औँ पटक भएको छ । पसिना आए संगै मन्दिरमा दर्शन गर्न तथा हेर्नेहरुको भिड लागेको छ । साक्षत्त भगवनको रुपमा पुजा गरिने भीमेश्वरलाई ‘पसिना’ आउँदा देशमा अनिष्ट वा सकारात्मक परिवर्तन हुन्छ भन्ने जनविस्वास रहेको छ । भिमेश्वरलाई पसिना आउँदा राष्ट्र प्रमुखले क्षमा पुजा गर्ने प्रचलन रहेको छ ।
शिलामा पसिना आएपछि अनिष्ट नहोस् भन्ने कामना गर्दै स्थानीय र भक्तजनहरु भेला भई घण्टा, तथा बाजागाजा सहित शिलालाई चम्मरले हम्किएर पुजा गरिन्छ । शिलामा आएको पसिना कपासले पुछने र कपास दर्शनार्थीहरुलाई दिने गरिन्छ ।
मन्दिरमा भिडभाड वढने भन्दै कोरोना भइसरको कारण मन्दिरको नियमित पुजा बाहेका अन्य सर्वसाधारणका लागि पुजा गर्न यस अघि देखिनै मन्दिर बन्द गरिएको थियो ।

पसिनासंग सङ्कट जोडिएको किंवदन्तिलाई भीमेश्वरको शिलाले पटक पटक प्रमाणीत समेत गरिदिएको छ । १९९०, २००७, २०२८, २०४५, २०६३, २०७१ साल मंसिर ३० गते र फागुन १३ गते तथा २०७४ साल असोज ११ गते भीमेश्वरको शीलामा पसिना आएको भीमेश्वर मन्दिर गुठी तथा पुजा व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले बताउनु भयो । २०७१ साल मंसिर ३० र फागुन १३ गते भीमेश्वरको शिलामा पसिना आएको थियो भने लगतै २०७२ बैशाख १२, १३ र २९ गते ठूलो भूकम्प आई देशले धेरै जन धनको क्षति ब्यहोर्नु प¥यो । पछिल्लो पटक २०७६ साल फागुन ८ गते भीमेश्वरलाई पसिना आएको थिया ।
भीमेश्वरको शीलामा पसिना आएपछि पसिना पुछेको कपास सहित राष्ट्रप्रमुखलाई जानकारी गराईने र राष्ट्रप्रमुखले क्षमा पुजा पठाउने प्रचलन रहेको छ । गृह मन्त्रालयले पनि क्षमापुजा गर्ने प्रचलन रहेको छ । शिलामा पसिना आएपछि लघुरुद्री गरिने र सरकारका तर्फबाट जोर बोका तथा स्थानीयको तर्फबाट जोरबोका गरी ४ वटा बोकाको बलिपूजा गरिने प्रचलन रहेको छ ।