चरिकोट, २२ असोज
अवैध रुपमा उत्पादन गरी विक्री वितरण गर्न राखिएको ५५० लिटर घरेलु मदिरा जिल्ला प्रहरी कार्यलय दोलखाको टोलिले आज नष्ट गरेको छ ।
चाड पर्वलाई मध्यनजर गरी जिल्ला प्रहरी कार्यलय दोलखाबाट खटेको टोलिले भिमेश्वर नगरपालिका वडा न ३ र ६ को विभिन्न पसल तथा भट्टीमा उत्पादन गरी विक्री वितरणको लागि राखिएको ५५० लिटर अवैध घरेलु मदिरा र मदिरा उत्पादनमा प्रयोग हुने ३२०० केजी कच्चा पदार्थ नियन्त्रणमा लिई आज नष्ट गरेको हो ।
चाडपर्वको वेलामा मदिरा सेवन गरी विभिन्न अपराधिक गतिविधि बढ्न सक्ने भन्दै दोलखा प्रहरीले त्यस्ता गतिबिधि नियन्त्रण गर्नको लागि अवैध घरेलु मदिरा नियन्त्रण अभियान संचालन गरेको प्रहरी नयव उपरिक्षक बासुदेव पाठकले बताउनु भयो ।