दोलखा झयाँकुका सात महिने गर्भवती महिलाको हेलिकप्ट मार्फत उद्धार

दर्पण संवाददाता
चरिकोट, असार १३

दोलखाको झयाकुका एक गम्भिर गर्भवती महिलाको आज हेलिकप्टर मार्फत उद्धार गरि थप उपचारको लागि काठमाण्डौ लगिएको छ ।

दोलखाको गौरिशंकर गाउँपालिका वडा नम्वर ४ झयाकुका गर्भवती पासाङठिलि सेर्पाको स्वास्थ्यमा समस्या देखा परे पछि हेलिकप्टर मार्फत उद्धार गरी आज काठमाण्डौ पठाइएको प्रस्तावित चरिकोट अस्पताललका डाक्टर अरुण उप्रेतीले बताउनु भयो । सात महिनाको गर्भवती ३४ वर्षिय शेर्पाको अत्यधिक रक्तश्राव भएपछि उपचारको लागि गय राती प्रस्तावित चरिकोट अस्पतालमा ल्याइएको थियो । ६ दिन देखि लगातार रगत वगिरहेको र शरिरमा रगतको कमी हुनका साथै वच्चाको अवस्था पनि सामान्य नरहेको र मुटुको धडकन अत्याधिक बढि रहेका कारण आज हेलिकप्टर मार्फत काठमाण्डौ रिफर गरिएको अस्पतालले जनाएको छ । ७ महिनाको गर्भवती शेर्पा ६ दिन देखि विरामी भएता पनि गय राती मात्र चरिकोट अस्पतालमा आउनु भएको थियो । विरामीको शरिरमा रगतको कम भएपछि अस्पतालले २ पिन रगत दिएको र उक्त गर्भवती महिलाको पाठेघरको मुखमा साल रहेको र वच्चा सानो रहेको कारण काठमाण्डौ रिफर गरिएको डा उप्रेतीले वताउनु भयो ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङको निर्देशनमा उपचारका लागि तत्काल गर्भवती महिलाको उद्धार गरिएको छ । दूर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तरगतको राष्ट्रपति महिला उत्थान कार्यक्रमले हवाई उद्धार गरी उपचारको व्यवस्था गर्दै आएको छ ।