दोलखा जिसस प्रमुख पाण्डे होम आइसोलेशनमा, बिना काम घर बाहिर न निस्किन सबैलाइ आग्रह

दर्पण संवाददाता
साउन २८
जिल्ला समन्वय समिती दोलखाका प्रमुख डबल पाण्डे होम आइसोलेसनमा बस्नु भएको छ।

जिल्लामा कोरोना भाइरसको बिरामी फेला परेसंगै आफू पनि तेस क्षेत्रमा पुगेको र कोरोना संक्रमित ब्याक्तीको नजिकको ब्याक्ती हरु संग सम्पर्क भएको कारण आज बाट आफू होम आइसोलेसनमा बसेको उहाले बताउनु भयो । जिसस प्रमुख डबल पाण्डे को पिसिआर परिक्षणका लाई गय राती ९ बजे नै स्वाब संकलन गरि धुलिखेल अस्पताल पठाएको छ । पिसिआर परिक्षणको रिपोर्ट नआउदा सम्म उहाँ होम आइसोलेसनमा बस्नु पर्ने छ । कामले जिल्लाको धेरै ब्याक्तीहरु संग प्रत्यक्ष सम्पर्कमा पुगिने भएको र विभिन्न ठाउमा पुग्नु पर्ने भएका कारण संक्रमणको जोखिम रहेकाले जिसस प्रमुख पाण्डेको स्वाब परिक्षण गर्न लागिएको हो । गौरीशंकर गाउपालिकाको एक कर्माचारी र एक बिदेश बाट आएका नागरिकमा कोरोना पुष्टि भए संगै जिल्लामा जोखिम बढ्दै गएको छ । जिसस प्रमुख पाण्डे गौरीशंकर गाउपालिकाको पहिरो निरीक्षण गर्ने क्रममा साउन २३ गते तेस क्षेत्रमा पुग्नु भएको थियो ।

दोलखा जिल्लामा समेत कोरोना भाइरसको जोखिम बढी भएका कारण काम बिना घर बाहिर न निस्किन जिसस प्रमुख पाण्डेले सबैलाइ आग्रह गर्नु भएको छ ।