दोलखाको चिलंखामा वोलेरो दुर्घटना चालकको मृत्यु

दर्पण संवाददाता
चरिकोट, मंसिर २१

दोलखाको विगु गाउँपालिका वडा नम्वर ५ चिलंखामा आज विहान बोलेरो गाडि दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

वोलेरो दुर्घटनामा प दोलखा गौरिशंकर गाउँपालिका वडा नम्वर ८ खारेका २४ वर्षिय सुविन तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । आज विहान करिव ६ बजेको समयमा विगु गाउँपालिका वडा नम्वर ५ चिलंखा थाक्रेबाट सिंगटी बजार जाने क्रममा बा २० च ४३७३ नम्वरको वोलेरो गाडि लाइसेप भन्ने ठाउँमा दुर्घटना भएको थियो । गाडिमा सवार चालक तामाङको घटनास्थलमानै मृत्य् भएको र विगु गाउँपालिका वडा नम्वर ५ का २२ वार्षिय कमला तामाङ घाइते हुनुभएको दोलखा प्रहरी निरिक्षक अन्जन कोइरालाले जानकारी दिनु भयो । गाडी सडक बाट करिव १५० मिटर तल खसेको थियो । घाइते तामाङको सिंगटी बजार स्थित रोलवालिङ अस्पतालमा उपचार भई रहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।