दर्पण संवाददाता
बैशाख ९”जफे : नेपाली कांग्रेस दोलखाका पुर्व सभापति देवी प्रसाद न्यौपानेको आज रुखले किचेर निधन भएको छ ।
तामाकोशी गाउँपालिका वडा नम्बर ३ जफे स्थित घर नजिकै काटेको रुखको मुढा पल्टिएर किच्दा न्यौपानेको द्दटना स्थलमा नै मृत्यु भएको स्थानीयहरुले बताएका छ्न ।
दोलखाको तामकोशी गाउँपालिका जफे घर भएका नेता न्यौपाने नेपाली काङ्ग्रेसका शालिन नेतामा गनिदै आएका थिए । नेपाली काँग्रेसका स्वर्गीय नेता भीमबहादुर तामाङका समकालिन न्यौपाने वि.सं. २०३६ सालबाट पञ्चायती विरोधी आन्दोलन मार्फत राजनीतिमा लागेका थिए । उनी पञ्चायत विरोधी आन्दोलनका क्रममा भारतमा निर्वासित जीवन समेत बिताएका थिए ।
