दोलखा उद्योग वाणिज्य संघको अध्यक्ष पदको लागि दोलखाका सफल व्यवसायी दिनेश वस्नेतले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यहि फागुन १३ गते दोलखाको सदरमुकाम चरीकोटमा हुन लागि रहेको दोलखा उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदमा व्यवसायी वस्नेतले उम्मेदवारी दर्ता गराउनु भएको हो । दोलखा उद्योग वाणिज्य संघको २३ औँ वार्षिक साधारण सभा तथा अधिवेशन यहि फागुन १३ गते चरिकोटमा हुँदै छ । निर्वाचन उप समितीले जारी गरेको कार्यतालिका अनुसार उम्मेदवारको मनोनयन पत्र आज पाँच बजे सम्म दर्ता गराउनु पर्ने छ । अदिति सप्लायर्स फर्म मार्फत दोलखा उद्योग वाणिज्य संघमा आवद्ध रहनुभएका बस्नेतले आज संघमा निर्वाचन उप समितिको कार्यालयमा उम्मेदवारी दर्ता गराउनु भएको हो ।
