दोलखा आउँदै गरेको वसले मोटरसाइकललाई ठक्कर दिँदा सुकुटेमा एक जनाको मृत्यु

सिन्धुपाल्चोक ३० चैत
काठमाण्डै बाट दोलखा आउँदै गरेको अरनिको वसले सिन्धुपाल्चोकको सुकुटेमा मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छने ।

बसको ठक्करवाट मृत्यु हुनेमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिकाका नारायण श्रेष्ठ रहेका छन् । वसको ठक्कर पछि खाडिचौरमा उपचारको क्रममा उनको ज्यान गएको हो । दुर्घट्नामा गम्भिर घाईते भएका सोम बहादुर श्रेष्ठको ह्याम्स अस्प्तालमा उपचार भैरहेको छ । घाईते एकजना नावालकको पनि उपचार भैरहेको छ ।काठमाण्डौबाट दोलखा आउँदै गरेको अरनिको यातायातको वा ३ ख ९६५८ नम्बरको बस र मोटरसाईकल ठोक्किएर दुर्घट्ना भएको प्रहरीले जनाएको छ ।