दर्पण संवाददाता
चरिकोट, साउन ४
दक्षिण कोरियामा रहेका दोलखालिहरुले जिल्ला बिपद ब्यवस्थापन समिती दोलखालाइ स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
कोरोनाको महामारीका बेला दक्षिण कोरियामा रहेका दोलखालीहरुले १२ सय थान भिटिएम सहितको स्वास्थ्य सामाग्री सहयोग गरेका हुन । बिपदको बेला जिल्लाबासिलाइ स्वास्थ्य क्षेत्रमा सहयोग पुगोस भन्ने उदेश्यले स्वास्थ्य सामाग्री सहयोग गरेको दोलखाली समाज दक्षिण कोरियाका अध्यक्ष सुजनराज शर्माले बताए ।
दक्षिण कोरियामा रहेका दोलखालि हरुले सहयोग संकलन गरि सो सामाग्री सहयोग गरेको हो । संकलन गरेको सामग्री पत्रकार लक्ष्मण खड्काको नेतृत्वमा आज जिल्ला बिपद ब्यवस्थापन समिती दोलखालाइ हस्तान्तरण गरेको हो ।