दोलखाली छोरा टसीले जिते योङ स्टार डान्स को उपाधि

दर्पण संवादादता
चरिकोट, ६ पौष

दोलखाली छोरा टसी सेर्पाले रिआलिटी डान्स सो ‘योङ स्टार डान्स’ को उपाधी जितेका छन् ।

दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ७ मार्बुका टसी शेर्पाले जनता टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम रियालिटि डान्स सो पव्लिक भोटका आधारमा योङ स्टार डान्स कम्पिटिसनको जुनियरतर्फको उपाधी हात पारेको हुन । गयराती भएको फिनालेमा सेर्पाले निकटतम प्रतिस्प्रधी लाई ६ हजार मत अन्तरले पराजित गदै प्रथम स्थान हाँसिल गरेका हुन् । शेर्पाले योङ स्टार डान्स कम्पिटिसनको जुनियरतर्फ सबैभन्दा बढि २९ हजार मत प्राप्त गरेका थिए । शेर्पाले उपाधीसँगै नगद १ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाएका छन् ।

सनसनी प्रोडक्सन हाउसको आयोजनामा सिङगिङ स्टार र डान्स स्टारका लागि जुनियर र सिनियरतर्फ भएको कम्पिटिसनमा शेर्पाले पब्लिक भोटका आधारमा जुनियर तर्फको उपाधी जितेका हुन् । दोलखाको पर्यटकीय नगरी जिरीमा भएको अडिसन मार्फत रियालिटी सोका लागि सेर्पा छनौट भएका थिए ।

दोलखाकै श्यामाका ऋचा खड्का भने थर्ड रनर अप बनेकी छिन् । थर्ड रनर अप बनेकी ऋचाले नगद १० हजार सहित ट्रफी र प्रमाणपत्र पाएकी छिन्