दोलखालीलाई खुसीको खबर; कोरोना आशंका गरेका सबैको पिसिआर रिपोर्ट नेगेटिभ

दर्पण संवाददाता
चरिकोट, ९ । चरिकोटको प्रस्तावित चरिकोट अस्पताल (प्राथमिक स्वास्थ केन्द्र) मा आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएकाहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटले आरडिटी परिक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएकाहरुको स्वाव संकलन गरि धुलिखेल अस्पताल पठाएको थियो । स्वाब परिक्षणका लागि पठाइएका सबै जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख बिभु झाले बताउनु भयो ।
प्रस्तावित चरिकोट अस्पतालमा कार्यारत कर्मचारीहरुको आरडिटी परिक्षण गरेकोमा आरडिटि रिपोर्टमा पोजेटिभ देखिएको हुदा पिसिआर परिक्षणका लागि ७ जनाको स्वाव संकलन गरि धुलिखेल पठाइएको थियो ।
आरडिटी रिपोर्ट पोजेटिभ देखिएका कारण चिन्तित रहेका दोलखाबासी पिसिआर रिपोर्ट नेगेटिभ आएसंगै खुसी भएका छ्न । अस्पतालमा नै कार्यरत स्वास्थकर्मिलाइ नै आरडिटि रिपोर्ट पोजेटिभ देखिएपछि जिल्लाबासिहरु चिन्तित बनेका थिए ।

आरडिटी रिपोर्ट पोजेटिभ देखिएसंगै अस्पतालले हुनसक्ने जोखिमलाई मध्यनजर गरि अस्पतालको सबै सेवा बन्द गरिएको थियो ।