दर्पण संवाददाता
चरिकोट, असोज १
कोरोना भाइसरको कारण लामो समय देखि बन्द रहेको विद्यालयहरु संचालन गर्ने विषयमा दोलखाको स्थानिय तह तहअनुसार फरक फरक निर्णय गरेका कारण विधार्थीहरु अन्योलमा परेका छन् ।
दुई नगरपालिका र सात गाउँपालिका गरी ९ ओटा स्थानिय तह रहेको दोलखामा जिल्ला शिक्षा समितीले सुरक्षाका विधी प्रयोग गरी असोज ७ गते वाट दोलखाका सवै विद्यालयहरु संचालन गर्ने निर्णय गरेको भएता पनि विभिन्न स्थानिय तहहरुले फरक फरक निर्णय गरेका छन् । असोज ७ गते बाट विद्यालय संचालन गर्न जिल्ला शिक्षा समितीका अध्यक्ष डवल पाण्डेको अध्यक्षता भाद्र ३० गते बसेको वैठकले निर्णय गरेको भएत पनि जिल्लाको जिरी नगरपालिका र वैत्येश्वर गाउँपालिकाले भने कार्यपालिकाको वैठकलले विद्यालय संचालन नगर्ने निर्णय गरेको छ । कोरोनाको जाखिम कम नभएको र तत्काल विद्यालय संचालन गर्दा थप जोखिम देखिने भएको कारण नगर कार्यापाललिको वैठकले विद्यालय संचालन नगर्ने निर्णय भएको जिरी नगरपालिका प्रमुख टंक जिरेलले बताउनु भयो । तत्कालका लागि टोल टोलमा गएर विद्याथीलाई गाइड गरिने र वातावरण सहज बन्न साथ विद्यालय संचालन गर्ने मेयर जिरेलले बताउनु भयो । त्यसै गरि वैत्येश्वर गाउँपालिकाको आव बसेको कार्यपालिकाको वैठकले पुर्ण रुपमा विद्यालय संचालन नगर्ने र प्रावि तहलाई टोल टोलमा गएर शिक्षण शिकाई गराउने निर्णय गरेको छ । त्यस्तै भिमेश्वर नगरपालिकाले पनि वैधानिक रुपमा विद्यालय नखुल्ने र वैकल्पीक पद्धती मार्फत सिकाई हुने जनाएको छ ।

जिल्लाको शैलुङ गाउँपालिकामा भने आजबाट विद्यालय संचालनमा आएको छ । भाद्र २६ गते वसेको पालिकाको शिक्षा समन्वय समितीले आज बाट विद्यालय खोल्ने निर्णय गरेको पालिका भित्रका सवै विद्यालय आजबाट खुलेको शैलुङ गाउँपालिकाका शिक्षा शाखा प्रमुख सन्तोष दहालले बताउनु भयो । ३३ ओटा विद्यालय रहेको शैलुङ गाउँपालिकाको सवै विद्यालय आज खुलेको उहाँले बताउनु भयो । हाल सम्म पालिका भित्र कासैलाई पनि कोरोना संक्रमण पुष्टी नभएको र जोखिम कम भएका कारण आफुहरुले विद्यालय संचालन गरेको दहालले बताउनु भयो ।
जिल्ला भित्रकै कुनै स्थायिन तहमा विद्यालय खुल्ने र कुनैमा बन्द गर्ने निर्णय भई रहेको अवस्थामा संकट व्यवस्थापन समितीको आज बसेको वैठकले विद्यालयहरु वन्द गर्ने निर्णय गरेको छ । संकट व्यवस्थापन समितीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी रमेश शिवाकाटीको अध्यक्षतामा बसेको वैठकले तत्कालका लागि जिल्लाका सवै शैक्षिक संस्थाहरु वन्द गर्ने निर्णय गरेको छ । मन्त्री परिषदको वैठकले तत्काल शैक्षिक संस्थाहरु संचालन नगर्ने निर्देशन भई सकेको अवस्थामा दोलखाको विभिन्न तहहरुले आफु अनुकुलको फरक फरक निर्णय गर्दा विद्याथीहरु भने अन्योलमा परेका छन् । 
