दोलखामा वालगृह नजिकै गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

किष्मा थामी

चरीकोट, २२ जेठ ; दोलखाको चरिकोट जिरी सडक खण्ड अन्र्तगतग गौरिशंकर वाल गृह नजिकै गाडी र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चाललको मृत्यु भएको छ ।
भिमेश्वर नगरपालिका वडा नम्वर ४ अनाथलय नजिकै विपरित दिशाबाट आइरहेको मोटरसाइकललाई योद्धा गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको हो । दुर्घटनामा परी भिमेश्वर नगरपालिका वडा नम्वर ४ जिलुका ३३ वर्षिय उमेश श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । चरिकोटबाट तामाकोशीतर्फ जाँदै गरेको प्रदेश नम्बर ३–०१०२४ च ५९१९ नम्बरको योद्धा गाडि र जिलुबाट चरिकोट आउँदै गरेको बा ७५ प ४५२१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटना लगतै घाइते श्रेष्ठलाई चरिकोट स्थित पशुपती चौलागाई स्मृती अस्पतालमा उपचारको लागि लगिएको भएता पनि अस्पतालले मृत घोषण गरेको थियो ।
दुर्घटनाको विषयमा गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक शुशिल केसीले बताउनु भयो । मृतकको शव हाल पशुपती चौलागाई स्मृती अस्पतालमा राखिएको छ ।