दर्पण संवाददाता
चरिकोट भाद्र १०
दोलखामा कोरोना संक्रमित को संख्या बढदै गए पछि भाद्र १५ गते सम्म लकडाउन पुन थप गरिएको छ ।
यस अघि आज बेलुका १२ बजे सम्मका लागि गरिएको लकडाउन पुन थप गरि १५ गते सम्म लकडाउन गर्ने निर्णय गरेको छ ।
साउन ३१ गतेबाट दोलखामा गरेको लकडाउन आज बेलुकाबाट सकिदै थियो । जिल्लामा संक्रमित को संख्या बढी रहेका कारण लकडाउन थप गरि १५ गतेसम्म गर्ने भएको हो । आज बसेको बैठकले पुन ५ दिन लकडाउन थप गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारि भिमकान्त शर्मा ले बताउनु भयो । कोरोना भाइरस को जोखिम बढेको र नियन्त्रणका लागि आजको बैठकले भाद्र १५ गते सम्म लकडाउन गर्ने निर्णय भएको जिल्ला समन्वय समिती दोलखाका प्रमुख डबल पाण्डेले बताउनु भयो ।