दोलखामा भालुको आक्रमणबाट एक जनाको मृत्यु

दोलखाको वैतेश्वर गाउँपालिका वडा नम्वर ३ मिर्गेमा भालुको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

जिल्लाको बैतेश्वर गाउँपालिका वडा नम्वर ३ मिर्गे ठाडे नयाँ बस्तीका करिब ५९ वर्षीय टेकबहादुर तामाङको आज बिहान भालुको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

बिहीबार बिहान करिब साढे दश बजेतिर तामाङ घरदेखि करिब २०० मिटर पूर्वतर्फको जंगलमा घाँस काट्न गएका बेला जंगली भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ। आक्रमणमा परि गम्भीर घाइते भएका तामाङको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको प्रहरीले जनाएको छ।