दोलखामा भाद्र ६ गते सम्म लकडाउनको घोषणा

दर्पण संवाददाता
चरिकोट साउन ३०
दोलखामा कोरोना संक्रमित को संख्या बढदै गए पछि भाद्र ६ गते बेलुका १२ बजे सम्म लकडाउन घोषणा गरेको छ ।
जिल्लामा कोरोना बढदै गएको भन्दै आज बाट लकडाउन घोषणा गरेको प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले जानकारी दिनु भयो । दोलखामा आज मात्रै ५ जना नया संक्रमित थप भएको छ । कोरोना भाइरस को जोखिम बढेको र नियन्त्रणका लागि आजबाट भाद्र ६ गते सम्म लकडाउन गर्ने निर्णय भएको जिल्ला समन्वय समिती दोलखाका प्रमुख डबल पाण्डेले बताउनु भयो ।