दोलखामा भाद्र १० गते सम्म लकडाउन थप

दर्पण संवाददाता
चरिकोट भाद्र ५
दोलखामा कोरोना संक्रमित को संख्या बढदै गए पछि भाद्र १० गते सम्म लकडाउन थप गरिएको छ ।

यस अघि भाद्र ६ गते बेलुका १२ बजे सम्मका लागि गरिएको लकडाउन पुन थप गरि १० गते सम्म लकडाउन घोषणा गरेको छ ।
जिल्लामा कोरोना बढदै गएको भन्दै लकडाउन थप गरेको प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले जानकारी दिनु भयो । कोरोना भाइरस को जोखिम बढेको र नियन्त्रणका लागि आजको बैठकले भाद्र १० गते सम्म लकडाउन गर्ने निर्णय भएको जिल्ला समन्वय समिती दोलखाका प्रमुख डबल पाण्डेले बताउनु भयो ।