दोलखामा भव्य रुपमा मनाइयो संविधान दिवस

नेपालको संविधान जारी भएको १० वर्ष पुरा भएको अवसरमा दोलखामा पनि विभिन्न कार्यक्रम सहित संविधान दिवस भव्य रुपमा मनाएको छ । जिल्ला समन्वय समिती दोलखाको मुख्य आयोजना र जिल्ला स्थित विभिन्न सरकारी कार्यालय, स्थानिय तह, राजनैतिक दल, विभिन्न संघ संस्थाको आयोजनामा विभिन्न कार्यक्रम सहित संविधान दिवस भव्य रुपमा मनाएको छ ।

आज विहान चरिकोट सातदोवाटोमा जम्मा भई ¥याली सहित बजार परिक्रमा गरी पुन सातदोबाटोमा सभाको आयोजना गरी कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला समन्वय समिती दोलखाका अध्यक्ष वुर्जराम घतानीको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा जिल्ला स्थित स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु, प्रमुख जिल्ला अधिकारी भोला दहाल, जिल्ला स्थित राजनैतिक दलका प्रमुखहरु, संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममका सहभागिहरुलाई भिमेश्वर नगरपालिकाका प्रमुख इश्वर नारायण मानन्धरले स्वागत मन्तव्यद्वारा स्वागत गर्नु भएको थियो भने एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठ, नेपाली काङग्रेसका सभापती वर्मा लामा, माओवादी दोलखाका अध्यक्ष ज्योती श्रेष्ठ, समाजवादीका अध्यक्ष अशोक दहाल, प्रमुख जिल्ला अधिकारी भोला दहाल, नेपाल पत्रकार महासंघका अध्यक्ष प्रभु जिरेल लगाएतले संविधानको महत्वको चर्चा गर्नुहुँदै शुभकामना व्यक्त गर्नु भएको थियो ।

संविधान दिवस कार्यक्रमको अवसरमा नेपाल रेडक्रश सोसाइटी दोलखाले रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो । रक्तदान कार्यक्रममा २ जना महिला सहित ११ जनाले रक्तदान गर्नुभएको रक्तसञ्चार समिति दोलखाका संयोजक गोकर्ण प्रसाद पोखरेलले जानकारी दिनुभयोे ।