दोलखामा भव्य कार्यक्रम सहित भ्रमण वर्षको शुभराम्भ , दोलखा आउन सबैलाइ निम्तो

दर्पण संवाददाता
चरिकोट, १५ पौष
नेपालले मनाउन लागेको भ्रमण वर्ष २०२० को शुभराम्भ दोलखामा भव्य कार्यक्रमका साथ सुरु भएको छ ।

भ्रमण वर्षको रुपमा नेपालले मनाउन लागेको २०२० को शुभराम्भको अबसरमा चरिकोटमा सात दिने किवि महोत्सब तथा सडक खाना महोत्सव आज बाट सुरु भएको छ । सात दिने किवि महोत्सबको प्रदेश नम्बर ३ का कृषि भुमी व्यवस्था तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उद्घाटन गर्नु भएको छ । दोलखा जिल्लामा भ्रमण वर्षमा जति सक्दो धेरै पर्यटक भित्र्याउन कार्यक्रमको आयोजना गरे जिल्ला भिमेश्वोर नगरपालिकाका प्रमुख भरत बहादुर केशी ले बताउनु भयो । किविको उद्गम थलो दोलखामा पहिलो पटक सात दिन सम्म किवि महोत्सवको आयोजना गरिएको र किविका बिभिन्न परिकारहरु प्रदर्शनीमा राखिएकाले दोलखा जिल्ला भ्रमण गरि किविको स्वाद लिनका लागी नगर प्रमुख केशीले आग्रह गर्नु भयो।

भ्रमण वर्षमा पर्यटक हरुलाइ आकर्षक गराउन दोलखामा धेरै पर्यटकिय गन्तव्यहरु रहेको धेरै भन्दा धेरै पर्यटक भित्र्याउन जिल्लाका सबै स्थानीय तह लगाएत सबै क्षेत्र सक्रिय रहेको जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले बताउनु भयो ।