दोलखामा पुर्ण सुरक्षा दिनका लागि तयार छौँ – प्रजिअ रमेश शिवाकोटी

दर्पण संवाददाता
चरीकोट, २१ माघ
दहाल नेपाल समुहले आह्वान गरको नेपाल बन्दमा दोलखामा संचालन गरिने सवारी साधन तथा व्यवसायहरुलाई सुरक्षा दिन आफुहरु तयार रहेको दोलखाका प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीले बताउनु भयो ।

नेकपाको दहाल नेपाल समुहले सरकारको विरुद्धमा आह्वान गरेको आमहडतालमा व्यवसायीहरुले सवारी साधन तथा व्यवसायहरु संचालन गरेमा आफुहरु सुरक्षा दिनका लागि तयार रहेको प्रजिअ शिवाकोटीले बताउनु भएको हो । हाल सम्म नेपाल बन्दको विषयमा गृह मन्त्रालयबाट केहि जानकारी तथा निर्देशन नभएको उहाँले बताउनु भयो ।

नागरिकहरुको जनभावना विपरीत दहाल नेपाल समुहले माघ २२ गते नेपाल बन्दको घोषण गरेको छ । राजनीतिक स्वार्थका लागि नेपाल बन्द गराएर नागरिकहरुलाई दुख दिने काम भएको भन्दै व्यवसायीहरुले समेत बन्दको विरोध गरेको छ । जवरजस्ती बन्द गराएमा आफुहरु त्यसको प्रतिकार गर्ने व्यवसायीहरुले बताएका छन् । आन्दोलन गर्ने अन्य विभिन्न विकल्पहरु हुँदापनि नेपाल बन्द गर्नु गलत भएको भन्र्दै नेपाल बन्द सधैको लागि वन्द गर्नुपर्ने नागरिक समाजका अगुवाहरुले बताएका छन् ।