दर्पण संवाददाता
चरिकोट भाद्र २१
दोलखामा निषेधाज्ञा जारी भएपनी तेस्को बेवास्ता गर्दै नेपाली काङ्ग्रेस दोलखाले दैनिक रुपमा र्याली जुलुस गर्दै आएको छ । चरिकोटमा कोरोना देखा परे पछि जिल्ला संकट ब्यवस्थापन समितीले आज १२ बजेबाट भिमेश्वोर नगरपालिकामा निषेधाज्ञा जारि गरेको छ । तर निषेधाज्ञा भएता पनि नेपाली काङ्ग्रेसले तेस्को बेवास्ता गरि प्रशासन लाई नै चुनौती दिदौ चरिकोटमा पाटीको र्याली जुलुस गर्दै आएको छ ।
दोलखाको मेलुङ गाउँपालिकाको गाउँपालिकामा तोडफोड तथा जनप्रतिनिधी र कर्मचारी माथी दुर्ववहार गरेको भन्दै पक्राउ परेकाहरुलाइ रिहाईको माग गर्दै नेपाली काङ्ग्रेस दोलखाले चरिकोटमा र्याली तथा जुलुस गर्दै आएको छ । निषेधाज्ञामा पनि र्याली जुलुस गरेपनी प्रशासन मुकदर्शक बनेको छ । निषेधाज्ञामा अति आवश्यक काम बाहेक घर बाहिर निस्किन रोक लगाएको भए पनि नेपाली काङ्ग्रेसले र्याली जुलुस गर्दा समेत उनिहरुलाइ नियन्त्रण गर्न सकेको छैन । नेपाली काङ्ग्रेस दोलखाले प्रहरी प्रशासन लाई नै चुनौती दिदै सरकारको बिरोध गर्दै र्याली जुलुस निकाल्दै आएको छ ।
नेपाली काङ्ग्रेस निकट संगठनहरुले दैनिक र्याली तथा जुलुस गर्दा जिल्लामा कोरोनाको जोखिम बढन सक्ने भन्दै स्थानिय हरुले आलोचना गएको छ । प्रशासनले कोरोनाको बहानामा ब्यबसाय यातायात मात्र बन्द गरेर नागरिकलाइ दुख दिएको र थुलोबडा तथ पाटिको कार्याक्रम गर्दा प्रशासनले नरोकेको भन्दै जिल्लाका ब्यबसायीहरुले बिरोध गरेका छ्न।
दोलखाका प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माको सरुवा भइ सकेको र नया प्रमुख जिल्ला अधिकारी जिल्ला आइ सक्नु भएको छैन । निषेधाज्ञा को समयमा कोरोना नियन्त्रण भन्दा पनि प्रमुख जिल्ला अधिकारिलाइ जिल्ला छाडेर जान हतार भएको छ । निषेधाज्ञा जारी गरेसंगै प्रमुख जिल्ला अधिकारी कोरोना नियन्त्रण तथा भिडभाड नियन्त्रण भन्दा पनि विभिन्न ठाउको बिदाइ कार्याक्रममा ब्यस्त रहनु भयो। प्रमुख जिल्ला अधिकारी शर्मा केहिदिन अधि प्रत्यक्ष रुपमा कोरोना संक्रमितको सम्पर्कमा पुगि फोटोसेसन समेत गरेता पनि आइसोलेसनमा नबसी विभिन्न कार्याक्रमा सहभागी हुँदै आउनु भएको छ ।