दोलखामा धिरज सुवेदीको संयोजकत्वमा १५१ सदस्यीय राष्ट्रिय यूवा संघ नेपाल गठन (नामवली सहित)

दर्पण संवाददाता
चरीकोट, ४ असोज
दोलखामा धिरज सुवेदीको संयोजकत्वमा १५१ सदस्यीय राष्ट्रिय यूवा संघ नेपाल गठन गरेको छ । चरिकोटमा आयोजित भेलाले धिरज सुवेदीको संयोकत्व र भुवन गुरुङ को सहसंयोजकत्वमा १५१ सदस्यीय जिल्ला कमिटीको गठन गरेको छ ।

दोलखाको सातै गाउँपालिका र दुई नगरपालिकाको युवाहरुलाई समेटेर कमिटी गठन गरेको हो । राष्टिय युवा संघ नेपाल जिल्ला कमिटी दोलखाले दोलखाको प्रत्येक पालिकाको संयोजक र क्षेत्रीय संयोजक समेत तोकेको छ । अवतार लामा लाई युथर्फस टोलीको प्रमुख र सुसान्त गुरुङलाई उप प्रमुखको जिम्मेवारी प्रदान गरिएको छ ।

युवा संघ नेपालको दोलखा क्षत्र नम्वर एकको क्षत्रिय संयोक सुसिल केशी र क्षत्र नम्वर दुईको क्षत्रिय संयोजक केदार थापालाई तोकिएको छ । स्थानिय तह अन्र्तगत संयोजकहरुमा राम श्रेष्ठ गौरिशंकर गाउँपालिका, विनोद घिसिङ वैतेश्वर, अर्जुन सुनुवार तामाकोशी, मिलन खडका मेलुङ, शान्त लामा शैलुङ, सुजन श्रेष्ठ भिमेश्वर, दिपक राउत कालिन्चेक, बन्धु मल्ल विगु गाउँपालिका रहेका छन् । युवा संघ नेपालले जिल्ला कमिटी गठन गरि सेकेको र अव सवै पालिकाहरुमा कमिटि गठन गर्ने संयोजक धिरज सुवेदीले बताए ।

जिल्ला कमिटीलाई पुर्णा दिँदै युवा संघ नेपालका केन्द्रीय सचिव महाराज गुरुङलले सवै सदस्यहरुलाई पालिका कमिटी तथा पार्टी निर्माणको काममा खटन निर्देशन दिनुभयो ।