दर्पण संवाददाता
चरिकोट, २८ भाद्र
दोलखामा जिल्लामा आर्थिक वर्ष २०७५÷७६ मा मात्र ४४ जनाले आत्महत्या गरेका छन् ।
आत्महत्या गर्नेमा महिलाको तुलनामा पुरुषहरको संख्या वढि रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । आर्थिक वर्ष ७५÷७६ मा मात्र २७ जना पुरुषले आत्महत्या गरेका छन भने १७ जना महिलाले आत्महत्या गरेको तथ्यांक रहेको छ । झुण्डीएर आत्महत्या गर्नेहरुको संख्या सवै भन्दा वढि पाईएको छ । २० जना पुरुष र ९ जना महिलाले झुण्डीएर, ६ जना महिला ६ जना पुरुषले विष सेवन गरेर र एक जना पुरुष र २ जना महिलाले हाम फालेर आत्महत्या गरेका छन् ।
आर्थिक वर्ष २०७४÷७५ मा ४६ जना पुरुष र २० जना महिला गरी ६६ जनाले आत्महत्या गरेका थिए भने आर्थिक वष २०७३÷७४ मा २५ जना पुरुष र १५ जना महिला गरी ४० जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा ३० वर्ष देखि ६० वर्ष उमेर समुहका मानिसहरु धेरै रहेको पाइएको छ । अधिकांश आत्महत्याका घटनाहरु पारिवारीक, शैक्षिक, व्यवसायीक, गरिवी, प्रेम सम्बन्ध लगाएतका कारणले हुने गरेको पाइएको छ ।
